कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

शिक्षामा राजनीतिक हस्तक्षेप छ : गोकर्ण विष्ट

काठमाडौँ — नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले शिक्षण संस्थालाई राजनीतिक हस्तक्षेप मुक्त गर्ने प्रतिबद्धता गरेपनि राजनीतिक हस्तक्षेप कायमै रहेको बताएका छन् ।

शिक्षामा राजनीतिक हस्तक्षेप छ : गोकर्ण विष्ट

सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजना गरेको एजुकेशन समिट २०२२ को पहिलो सत्र 'सार्वजनिक शिक्षाको सबलीकरण' विषयमा बोल्दै पूर्वमन्त्री विष्टले शिक्षण संस्था/विश्वविद्यालय शान्ति क्षेत्रका रुपमा स्थापना हुन नसकेको प्रष्ट पारे । ‘राजनीतिक हस्तक्षेप मुक्त शिक्षण संस्था निर्माण, विद्यालयलाई शान्ति क्षेत्रका रुपमा पटक/पटक घोषणा गर्‍यौं । प्रतिबद्धता जनायौं,’ उनले भने, ‘तर, समस्या कायमै छ । प्रतिबद्धता गरेपनि हामीले व्यवहारमा लागु गर्न सकेनौं ।’

पञ्चायती व्यवस्था, राजतन्त्र समाप्त भएकाले अब मागहरु राख्दा सभ्य तरिकाले प्रस्तुत हुनुपर्ने उनले बताए । अस्वभाविक रुपमा प्रतिविम्बहरु प्रस्तुत गरे समर्थन गर्न नसकिने उनले प्रष्ट पारे । ‘पञ्चायती व्यवस्था, राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना भएको छ । तर, हाम्रो बानी बदलिएको छैन, प्रवृत्ति बदलिएको छैन,’ उनले भने, ‘विश्वविद्यालय/कार्यालय होस् या पार्टीमा संलग्नन प्राध्यापक, विद्यार्थी वा व्यक्तिहरु आफ्नो माग, प्रतिबिम्बहरु सभ्य, स्वभाविक रुपमा प्रस्तुत गर्नुपर्छ । अस्वभाविक रुपमा प्रस्तूत हुँदा हामी समर्थन गर्न सक्दैनौं । किनभने हामी नया संस्कारको विकास गर्नुपर्छ ।’

मागका आयातनहरु फरक/ फरक हुनसक्ने बताउँदै उनले कतिपय मागहरु सम्बोधन गर्न शिक्षानीति नै परिमार्जन गर्नुपर्ने बताए । त्यसका लागि सिंगो राज्यको ध्यान आकर्षण गर्नु जरुरी रहेको बताए ।


प्रकाशित : चैत्र ७, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?