१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालमा गरी खाने शिक्षा प्रणाली छैन : प्रधानाध्यापक सिग्देल

काठमाडौँ — जनज्योति माध्यमिक विद्यालय सुर्खेतका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले देशको शिक्षा प्रणाली व्यवस्था फेर्ने किसिमको भए पनि गरी खाने नभएको बताएका छन् ।

नेपालमा गरी खाने शिक्षा प्रणाली छैन : प्रधानाध्यापक सिग्देल

सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित एजुकेसन समिटको पहिलो सत्रमा बोल्दै प्रधानाध्यापक सिग्देलले नेपालको शिक्षा प्रणाली सीपभन्दा पनि पढाइमा मात्रै केन्द्रित भएको भन्दै गरी खाने शिक्षा नभएको बताएका हुन् ।

बहसको निचोडमात्र लिएर बस्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यसले केही परिवर्तन नहुने भन्दै उनले आफूहरू सधैं अरुको उत्पादनमा निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था भएको बताए ।

'हाम्रो शिक्षा प्रणाली उत्पादनमूलक भएन । १४ वर्षमुनिका विद्यार्थीलाई काम गर्न दिएनौं,' उनले भने ।

आफ्नो विद्यालयले विद्यार्थीलाई गाई, बाख्रा पाल्न ऋण दिने गरी कोष निर्माण गरेको भन्दै उनले देशमा अध्ययन गरिरहेका करिब ९२ लाख विद्यार्थीलाई तरकारी उमार्ने बीउ र ठाउँ दिए त्यसले सकारात्मक परिवर्तन ल्याउने बताए ।

'सरकारले नीति-नियम बनाउँछ तर व्यवहारमा लागू गर्न पछि पर्छ । यो सबै क्रियाले देश दुखिरहेको छ,' उनले भने ।

नतिजा निकाल्ने गरी अघि बढ्न आग्रह गर्दै उनले सञ्चालन कोष गठन कसरी गर्ने भन्ने विषयमा बहस हुन जरुरी रहेको बताए । शिक्षामा सुधार गर्ने हो भने प्रदेश सरकार, पालिका र समुदायसँग सहकार्य गर्न जान्नुपर्ने उनले बताए ।

प्रकाशित : चैत्र ७, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?