कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निर्वाचनको विषयमा धारणा बनाउन चन्द समूहको बैठक 

मनोज पौडेल

कपिलवस्तु — स्थानीय तह निर्वाचन, एमसीसीलगायत एजेन्डासहित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सुरू भएको छ ।

निर्वाचनको विषयमा धारणा बनाउन चन्द समूहको बैठक 

कपिलवस्तुको शिवराज नगरपालिका ९, अञ्चलपुरमा रहेको पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा शुक्रबारदेखि सुरु १२ औं पूर्ण बैठकले निर्वाचनका विषयमा पार्टीको भावी कार्यदिशा तय गर्ने केन्द्रीय सदस्य भेषराज भुसालले जानकारी दिए । उनले भने, 'संसदीय व्यवस्थाबाट मुलुकले निकास नपाउने कुरामा हामी प्रस्ट छौं । तैपनि निर्वाचनका विषयमा पार्टीले भावी कार्यदिशा तय गर्नेछ ।' बैठकमा स्थानीय निर्वाचनमा भाग लिने वा नलिने छलफल अझै सुरु नभएको उनको भनाइ थियो ।

त्यस्तै, प्रतिनिधिसभाबाट हालै अनुमोदन भएको एमसीसी सहयोगबारे बैठकलेले धारणा तय गर्ने उनले बताए । संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेकपाभित्र स्थानीय तह निर्वाचनमा सहभागी हुने वा बहिस्कार गर्ने भन्नेमा मतान्तर छ । बैठकमा ६९ जना केन्द्रीय सदस्य र ३ जना केन्द्रीय सल्लाहकार सहभागी छन् ।

प्रकाशित : चैत्र ४, २०७८ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?