कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सांसद र विज्ञ भन्छन्- ‘समाजमा सती प्रथाका अवशेष बाँकी छन्’

काठमाडौँ — सांसद र विज्ञहरुले नेपाली समाजमा सती प्रथाका अवशेष बाँकी नै रहेको बताएका छन् । सुजित मैनालीको अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ माथि शुक्रबार काठमाडौं गरिएको 'सती संवाद' वक्ताहरुले समाजमा सति प्रथा हटे पनि अवशेष बाँकी रहेको धारणा राखेका हुन् ।

सांसद र विज्ञ भन्छन्- ‘समाजमा सती प्रथाका अवशेष बाँकी छन्’

राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले छाउपडीको नाममा होस् वा तीज, ऋषिपञ्चमीमा पाप पखाल्नेजस्ता परम्परागत चलनमा सती प्रथाका बाछिटाहरु भएको बताइन् । उनले यस पुस्तकमा महिलाका मुद्दा धर्म, शक्ति, वर्ग, राजनीतिलगायत आयामबाट लेखकले जोडेको बताउँदै सती प्रथा सिद्धिए पनि समाजमा रहेको जात प्रथा, कमलरी, कमैया प्रथा अझै उन्मूलन हुन नसकेको बताइन् ।

१९७७ असार २५ गते चन्द्र शमशेरले सती प्रथा अन्त्यको घोषणा गरेका थिए । श्रीमान्‌को मृत्यु हुँदा एउटै चितामा श्रीमती पनि जल्नुपर्ने सती प्रथा नेपालबाट उन्मूलन भएको १०० वर्ष पुगिसक्दा पनि श्रीमान्‌को मृत्यु भएका महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेको वक्ताहरु बताए । लेखक डा अरुणा उप्रेतीले भनिन्–‘सती प्रथा महिलाको अस्तित्वलाई नै पतन गर्ने गलत तथा अमानवीय प्रथा थियो । समाज परिवर्तन पनि भएको छ तर प्रथाले पारेका प्रभाव अझै समाजमा छन् ।’

नेकपा एमाले केन्द्रीय सदस्य एवं संघीय सांसद विद्या भट्टराईले यस पुस्तकमा सती प्रथाको इतिहास मात्र नदेखाइ विश्लेषण पनि गरिएको बताइन् ।

लेखक सुजित मैनालीले पुस्तकमा सती प्रथाको इतिहास र यसको लैंगिक पाटोसँग विवेचना गरेको बताए ।

प्रकाशित : चैत्र ४, २०७८ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?