७ हजार ८८४ परीक्षणमा ८३ संक्रमित, १३० जना निको- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७ हजार ८८४ परीक्षणमा ८३ संक्रमित, १३० जना निको

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा २४ घण्टामा ७ हजार ८८४ परीक्षण हुँदा ८३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार देशभर ४ हजार ७३४ पीसीआर परीक्षणमा ५७ र ३ हजार १५० एन्टिजेन परीक्षणमा २६ जनामा पोजिटिभ देखिएको हो ।  

२४ घण्टामा १३० जना निको भएका छन् । सोही अवधिमा १ लाख ३ हजार ५३८ जनाले खोप लगाएका छन् ।

मंगलबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको छ ।


प्रकाशित : चैत्र १, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्

दुई दिनदेखि बेपत्ता महिलाको तमोरमा शव फेला

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका ९ मुलघाटस्थित तमोर नदी किनारमा मंगलबार बिहान एक महिलाको शव फेला परेको छ । मृत्यु हुनेमा मूलघाटमा रहेको विश्रान्ती वृद्धाश्रममा बस्दै आएकी ५६ वर्षीया देवी लामिछाने रहेको प्रहरीले जनाएको छ । 

दुई दिनदेखि बेपत्ता रहेकी लामिछाने नदी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए । मृतक दृष्टिवीहिन हुन् । मृतकको शरीरमा केहि चोट देखिएको कार्कीले बताए । नदीले बगाउँदा ठोक्किएर चोट लागेको हुन सक्ने उनको भनाइ छ ।

मृतक २०७१ सालदेखि वृद्धाश्रममा बस्दै आएकी वृद्धाश्रमका सचिव जनार्दन घिमिरेले जानकारी दिए । उनको परिवार तथा आफन्तजन नभएको घिमिरेले बताए ।

जिल्ला अस्पतालमा पोस्टमार्टम गरी अपराह्न दाहसंस्कार गरिएको थियो ।

प्रकाशित : चैत्र १, २०७८ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×