प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्‍ने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्‍ने

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल सोही दिन हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्‍ने भएको छ । एमालेको अवरोधबीच आइतबार सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले 'सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८' पेस गरेका थिए ।

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग प्रस्ताव पनि आजको संसद्मा पेस भएको छ ।

उक्त प्रस्तावमाथिको छलफल बुधबार दिउँसो १ बजे बस्‍ने बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७८ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्

बङ्गाबगरमा निर्माणाधीन तटबन्ध तत्काल रोकिनुपर्छ : रावल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले नेता भीम रावलले सुदूरपश्चिमको दार्चुलाको बङ्गाबगरमा केहि दिनअघि भारतीय पक्षबाट एकतर्फी रुपमा तटबन्ध निर्माण गरिएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले भारतले अन्तर्राष्ट्रिय कानुन‚ दुई देशको छिमेकीको असल सम्बन्धको मान्यताविपरीत तटबन्ध निर्माण गरिएको र स्थानीयहरूले त्यसको विरोध गरिरहेकाले उक्त तटबन्ध निर्माणलाई तत्काल रोक्न माग गरेका हुन् ।

‘बङ्गाबगरमा निर्माण हुँदै गरेको तटबन्ध निर्माण कार्य रोकिुनपर्ने माग स्थानीयहरूले राख्दा नेपाल सरकारको तर्फबाट कुनै पनि पाइला चालेको देखिएन‚’ उनले भने । त्यहाँका जनताले आफ्नो भौगोलिक अखण्डताको रक्षाका लागि महाकाली नदीलाई नेपालतिर फर्काउन लागेका भारतका गाडीलाई ढुंगाले हान्नुपर्ने स्थिति आइपर्नु लज्जास्पद भएको उनले बताए ।

केहि समयअघिको बाढीबाट त्यहाँको गल्फाईंमा वन कार्यालय र भूसंरक्षण कार्यालय नै महाकाली नदीको पारिपट्टी भारततर्फ परेको बताउँदै नेता रावलले त्यसबेला पनि भारतले एकतर्फी रुपमा तटबन्ध बनाउन खोजे पनि विरोध भएपछि रोकिएको उनले दाबी गरे ।

‘नेपाली नागरिकको स्वाभिमान र स्वतन्त्रतामाथि आँच आउने कुरामा यदि सरकारले ध्यान नदिने हो भने त्यस्तो सरकार जनविरोधी र अलोकतान्त्रिक सरकार ठानिन्छ‚’ उनले भने ।

प्रकाशित : फाल्गुन २९, २०७८ १४:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×