बङ्गाबगरमा निर्माणाधीन तटबन्ध तत्काल रोकिनुपर्छ : रावल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले नेता भीम रावलले सुदूरपश्चिमको दार्चुलाको बङ्गाबगरमा केहि दिनअघि भारतीय पक्षबाट एकतर्फी रुपमा तटबन्ध निर्माण गरिएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने माग गरेका छन् ।

बङ्गाबगरमा निर्माणाधीन तटबन्ध तत्काल रोकिनुपर्छ : रावल

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले भारतले अन्तर्राष्ट्रिय कानुन‚ दुई देशको छिमेकीको असल सम्बन्धको मान्यताविपरीत तटबन्ध निर्माण गरिएको र स्थानीयहरूले त्यसको विरोध गरिरहेकाले उक्त तटबन्ध निर्माणलाई तत्काल रोक्न माग गरेका हुन् ।

‘बङ्गाबगरमा निर्माण हुँदै गरेको तटबन्ध निर्माण कार्य रोकिुनपर्ने माग स्थानीयहरूले राख्दा नेपाल सरकारको तर्फबाट कुनै पनि पाइला चालेको देखिएन‚’ उनले भने । त्यहाँका जनताले आफ्नो भौगोलिक अखण्डताको रक्षाका लागि महाकाली नदीलाई नेपालतिर फर्काउन लागेका भारतका गाडीलाई ढुंगाले हान्नुपर्ने स्थिति आइपर्नु लज्जास्पद भएको उनले बताए ।

केहि समयअघिको बाढीबाट त्यहाँको गल्फाईंमा वन कार्यालय र भूसंरक्षण कार्यालय नै महाकाली नदीको पारिपट्टी भारततर्फ परेको बताउँदै नेता रावलले त्यसबेला पनि भारतले एकतर्फी रुपमा तटबन्ध बनाउन खोजे पनि विरोध भएपछि रोकिएको उनले दाबी गरे ।

‘नेपाली नागरिकको स्वाभिमान र स्वतन्त्रतामाथि आँच आउने कुरामा यदि सरकारले ध्यान नदिने हो भने त्यस्तो सरकार जनविरोधी र अलोकतान्त्रिक सरकार ठानिन्छ‚’ उनले भने ।

प्रकाशित : फाल्गुन २९, २०७८ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?