अभिनेता पलका म्यानेजर पनि प्रहरी नियन्त्रणमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभिनेता पलका म्यानेजर पनि प्रहरी नियन्त्रणमा

सम्झना रसाइली

तनहुँ — नायक पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । नाबालिग बलात्कार घटनाको अनुसन्धानका लागि जोशीलाई करिब २ बजे दमौलीबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

जिल्ला अदालतले जोशीमाथि पनि अनुसन्धनका प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो ।

नाबालिगलाई जबर्जस्ती करणी गरेको अरोपमा शाह गत फागुन १५ गतेदेखि प्रहरी हिरासतमा छन् । अनुसन्धान नसकिएको भन्दै गत फागुन २२ गते उनीविरुद्ध अदालतबाट १२ दिनको म्याद थप भएको छ । पल प्रहरीको हिरासतमा रहुन्जेल जोशीलाई पनि हिरासतमा लिई अनुसन्धन गरिने प्रहरीले बताएको छ ।

प्रकाशित : फाल्गुन २७, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्

जग्गा जालसाजीको आरोपमा एमाले वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

कान्तिपुर संवाददाता

संखुवासभा — जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका ४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

वडाध्यक्ष भोटेसहित थप ७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए । भोटेसहित ७ जनालाई जग्गा किर्ते गरेको आरोप लागेको छ ।

सुवेदीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय बृद्धालाई ललाईफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ । 'मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ,' उनले भने, 'जग्गा किर्ते गर्न ठूलै गिरोह लागेको पाएका छौं ।' आरोपीहरुलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रनाउ सुवेदीले बताए ।

प्रकाशित : फाल्गुन २७, २०७८ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×