

काठमाडौँ — नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शुक्रबार ५ हजार २१२ मा आइपुगेको छ । पछिल्लो पटक ओमिक्रोनको नयाँ भेरियन्ट फैलिएपछि झन्डै १ लाख सक्रिय संक्रमित पुगेका थिए ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार जारी तथ्यांकअनुसार ७ हजार ९८१ परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ६०७ पीसीआरमा ६२ र २ हजार ३७४ एन्टिजेन परीक्षणमा १५ जनामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टायता १८९ निको भएका छन् भने १ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा खोप लगाउनेको संख्या भने १ लाख २६ हजार १९६ रहेको छ ।