कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सोमबार ११ बजेसम्मका लागि सारिएको छ । सोमबारको बैठकमा पदाधिकारी चयनबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

आइतबारका लागि बोलाइएको बैठक संसद् बैठक पनि आजै परेकाले सारिएको दाहालको सचिवालयले जनाएको छ ।

आजको बैठकमा अध्यक्ष दाहालले अमेरिकी सहयोग सम्झौता एमसीसीका सम्बन्धमा उठेका विभिन्न सवालमा जवाफ दिने कार्यक्रम तय गरिएको थियो । यस्तै स्थायी समिति, पोलिटब्यूरो सदस्य चयन र केन्द्रीय समितिमा थप गर्ने सदस्यका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । माओवादी बैठक शनिबारदेखि सुरु भएको हो । पहिलो दिनको बैठकमा अध्यक्ष दाहालले एमसीसी संसद्‌बाट अनुमोदन लगायत समसामियक विषयमा बोलेका थिए ।

गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।


प्रकाशित : फाल्गुन २२, २०७८ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?