पीडितको गोपनियता भंग हुने सामग्री पोस्ट गरे कारबाही हुन्छ : साइबर ब्युरो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको साइबर ब्युरोले पीडितको गोपनीयताको हक हनन् हुने खालका कुनै पनि सामग्री प्रकाशन/प्रसारण नगर्न अनुरोध गरेको छ ।

पीडितको गोपनियता भंग हुने सामग्री पोस्ट गरे कारबाही हुन्छ : साइबर ब्युरो

पछिल्लो समय गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने उद्देश्यले युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालमा भिडियो र तस्बिरहरू अपलोड गरिएको ब्युरोले जनाएको छ ।

त्यस्ता भ्रामक एवं झूटा क्याप्सन राखिएका सामग्रीले समाजमा उत्तेजना र अफवाह फैलाएको र पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा असर पुगेको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले बताएका छन् ।

ब्युरोले त्यस्ता सामग्री प्रकाशन/प्रसारण गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने पनि बताएको छ ।


प्रकाशित : फाल्गुन २०, २०७८ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?