२४ घण्टामा कोरोनाबाट ३ को मृत्यु, १०५ जना संक्रमित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा कोरोनाबाट ३ को मृत्यु, १०५ जना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार देशभर गरी ३ जनाको मृत्यु भएको हो । त्यस्तै २४ घण्टामा ४ हजार ९२४ परीक्षणमा १०५ जना संक्रमित भएका छन् । 

२ हजार ४४८ पीसीआरमा ७० र २ हजार ४७६ एन्टिजेन परीक्षणमा ३५ जनामा पोजेटिभ देखिएको छ । बिहीबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ ।

२४ घण्टामा ३२० जना निको भएका छन् । सोही अवधिमा खोप लगाउनेको संख्या भने १ लाख २४ हजार ७८८ रहेको छ ।



प्रकाशित : फाल्गुन १९, २०७८ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्

विवेकशील साझा छाडेका हमाल धनगढीको मेयरमा उठ्ने

मोहन बुडाऐर

धनगढी — विवेकशील साझा पार्टी छाडेका सुदूरपश्चिमका व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।धनगढीमा बिहीबार कार्यक्रम गरेर व्यवसायी हमालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मेयर पदमा चुनाव लड्ने घोषणा गरेका हुन् ।

सुदूरको प्रतिष्ठित दिनेश ग्रुपका प्रबन्ध निर्देशक रहेका हमाल कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

हमाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर पदमा पराजित भएका थिए । गत स्थानीय चुनावको परिणामपछि विवेकशील साझा पार्टीमा प्रवेश गरेका हमालले पुन: धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने भन्दै पार्टी परित्याग गरेका छन् ।

यसअघि उनी विकेकशीलका सुदूरपश्चिम संयोजक थिए । ‘धेरैं शुभेच्छुक साथी, मित्र र मतदाताहरुबाट पुन: स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवार बन्न सुझाएकाले विवेकशील पार्टी परित्याग गरेको हुँ’ उनले भने, ‘धनगढीलाई नमुना सहरको रुपमा विकास गर्न स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’

हमालको उम्मेदवारी घोषणा कार्यक्रममा धनगढी नगर क्षेत्रका व्यवसायी, बुद्धिजीवीलगायत स्थानीयवासीको उपस्थिति थियो ।

प्रकाशित : फाल्गुन १९, २०७८ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×