विवेकशील साझा छाडेका हमाल धनगढीको मेयरमा उठ्ने

मोहन बुडाऐर

धनगढी — विवेकशील साझा पार्टी छाडेका सुदूरपश्चिमका व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

धनगढीमा बिहीबार कार्यक्रम गरेर व्यवसायी हमालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मेयर पदमा चुनाव लड्ने घोषणा गरेका हुन् ।

विवेकशील साझा छाडेका हमाल धनगढीको मेयरमा उठ्ने

सुदूरको प्रतिष्ठित दिनेश ग्रुपका प्रबन्ध निर्देशक रहेका हमाल कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

हमाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर पदमा पराजित भएका थिए । गत स्थानीय चुनावको परिणामपछि विवेकशील साझा पार्टीमा प्रवेश गरेका हमालले पुन: धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने भन्दै पार्टी परित्याग गरेका छन् ।

यसअघि उनी विकेकशीलका सुदूरपश्चिम संयोजक थिए । ‘धेरैं शुभेच्छुक साथी, मित्र र मतदाताहरुबाट पुन: स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवार बन्न सुझाएकाले विवेकशील पार्टी परित्याग गरेको हुँ’ उनले भने, ‘धनगढीलाई नमुना सहरको रुपमा विकास गर्न स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’

हमालको उम्मेदवारी घोषणा कार्यक्रममा धनगढी नगर क्षेत्रका व्यवसायी, बुद्धिजीवीलगायत स्थानीयवासीको उपस्थिति थियो ।

प्रकाशित : फाल्गुन १९, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?