नोबेल मेडिकल कलेजका विद्यार्थीको रिले अनशन

कान्तिपुर संवाददाता

काठमाडौँ — नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थान्तरणको  माग राख्दै रिले अनशन सुरु गरेका छन् । 

नोबेल मेडिकल कलेजका विद्यार्थीको रिले अनशन

बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलमा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एमबीबीएस पढ्न विद्यार्थीले अनसन सुरु गरेका हुन् ।

नोबेल कलेजबाट पीडित १० विद्यार्थीहरूले सरकारले बनाएको नियम कानुन नमान्ने क्यापसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरणसहित स्थानान्तरण गर्न सरकारसाग माग राख्दै रिले अनसन भोक हड्ताल तथा धर्ना सुरु गरेका हुन् ।

नोबेलका विद्यार्थीले ८० दिनदेखि निरन्तर रुपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । अनसनरत विद्यार्थी रुपेश पौडेलले चिकित्सा शिक्षा आयोजले उपत्यकाबाहिरका मेडिकल कलेजले ४४ लाखमा एमबीबीएस पढाउन भने पनि नोबेल मेडिकल कलेजले त्योभन्दा बढी शुल्क लिएकाले विद्यार्थी आन्दोलित भएको बताए । नोबेल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउनका लागि माग लिएर गए पनि कसैले नसुनेको उनको भनाइ छ ।

धेरै विद्यार्थीले आत्मसमपर्ण गरेर कलेजले तोकेको शुल्कमा पढ्न थाले पनि १० जना विद्यार्थी भने शिक्षण अस्पतालमा स्थानन्तरणको लागि रिले अनसन सुरु गरिएको उनले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?