कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

एमाले सांसदलाई लक्षित गर्दै भट्टराईले भने- 'बिनाकामको ज्याला लिनु जनताको अपमान हो'

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद्‍ अवरोधको निकास खोज्न नसक्नु गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् ।

एमाले सांसदलाई लक्षित गर्दै भट्टराईले भने- 'बिनाकामको ज्याला लिनु जनताको अपमान हो'

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले जनताको समस्याहरू संसदमा नराखी ज्याला लिनु लज्जास्पद भएको बताए । नेकपा एमालेका सांसदहरूले सभामुखको विरोध गर्दै संसद्‍ अवरुद्ध गरेको घटनालाई लिएर डा भट्टराईले यस्तो बताएका थिए ।

अध्यक्ष भट्टराईले सरकारले संसदको अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको पनि बताए । ‘जनताको सर्वोच्च प्रतिनिधिसभा ६ महिनादेखि बन्द हुनु उपयुक्त हुँदैन । यो दुःखद् भयो । सबै जिम्मेवार बनेर यसको निकास खोजौं । सबै कुराको निकास खोज्न सकिन्छ । यो एकदमै गैरजिम्मेवार भयो । हामी आउँछौं भत्ता बुझ्छौं हिँड्छौं, जनताको समस्या राख्दैनौं भने बिनाकामको ज्याला लिनु राम्रो होइन । यो बेठिक भइरहेको छ । यसको छिटो निकास निस्कनु पर्छ । यो शोभनीय भएन, जनताप्रति अपमान हो,’ नेता भट्टराईले भने ।

प्रकाशित : फाल्गुन १८, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?