कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सरकारलाई आयोगको निर्देशन

चैत १५ अघि नै कर्मचारी सरुवा र पदस्थापन गर 

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले चैत १५ गतेअघि नै संघ परदेश र स्थानीय तहमा कामका लागि खटिएका कर्मचारीलाई आफू पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तो स्थानमा स्वीकृत दरबन्दीको पद र तहअनुसारको कर्मचारी सरुवा र पदस्थापन गरिसक्न निर्देशन दिएको हो ।

चैत १५ अघि नै कर्मचारी सरुवा र पदस्थापन गर 

आयोगको सोमबार बसेको बैठकले सरकारलाई २३ बुँदे निर्देशन दिएको छ ।

त्यस्तै चैत १५ अगावै कर्मचारीको सरुवा, पदस्थापन भएका कर्मचारीलाई निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काजमा खटाउन वा सरुवा नगर्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीहरु चैत १५ अघि नै पदस्थापन र सरुवा गर्न निर्देशनसमेत आयोगको निर्देशन छ । स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतको सरुवा र पदस्थाप पनि चैत १५ अघि नै गर्न निर्देशन छ ।

त्यस्तै आयोगले मत्रपत्र छपाईका लागि आवश्यक पर्ने ७ सय मेट्रिक टन कागज खरिदका लागि सम्झौता गरेको छ । उक्त सम्झौता करिब ११ करोड रुपैयाँ बराबरको रहेको आयोगले जनाएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७८ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?