पल शाह प्रहरी हिरासतमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पल शाह प्रहरी हिरासतमा

कान्तिपुर संवाददाता

काठमाडौँ — जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले आफ्नो हिरासतमा लिएको छ । उनले आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने भएका थिए । 

जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी युवराज खड्काले शाह पक्राउ परेको पुष्टि गरे ।

उच्च स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकामा नै उनलाई पक्राउ गर्ने प्रयास गरेको थियो । तर, पल शाहले आफू स्वमं जिल्ला प्रहरी कार्यालय, तनहुँमा गएर हाजिर हुन तयार रहेको बताएपछि प्रहरीको निगरानीमा नै उनी आइतबार तनहुँ पुगेका थिए ।

१७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

फेसबुकमार्फत अभिनेता शाहले आफ्नो स्वास्थ्य बिग्रिएको र घर व्यवहार मिलाउनु परेकाले केहि ढिला भएको भन्दै आइतबार आफैं प्रहरी सामु उपस्थित हुने बताएका हुन् ।

उनले लेखेका छन्‚ ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।’


प्रकाशित : फाल्गुन १५, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्

मगर एकता दिवसमा झाँकी [तस्बिरहरू]

प्रकाश बराल

बागलुङ — ४०औं मगर दिवसका अवसरमा बागलुङमा र्‍याली निकालिएको छ । उनीहरुले मगर एकताको नारा समेत लगाएका थिए ।

दिवसको अवसर पारेर मगर संघ बागलुङ, मगर विद्यार्थी संघ लगायतका भ्रातृ संगठन समेत र्‍यालीमा सहभागी थिए । उनीहरुले मगर समुदायमा चर्चित सालैज्यो, सोरठी जस्ता गीतसंगीत गाउने, नाच्ने, मगर समुदायबाट संचालनमा आएका पञ्चेबाजा बजाउने लगयतका प्रस्तुति दिए । मगर दिवसकै दिन बागलुङको गलकोट, बुर्तिवाङ, जैमिनीलगायतका स्थानमा पनि र्‍याली र विभिन्न कार्यक्रम भएका छन् ।


कार्यक्रममा सहभागीले मगरभाषासहितको बहुभाषिक विश्वविद्यालय स्थापनाको माग गरेका छन् । ‘सबैखोले अधिकारको संस्थागत विकास आजको आवश्यकता हो,’ मगर संघका अध्यक्ष गणेश थापाले भने, ‘आफ्नै भाषा, संस्कृतिको संरक्षणका लागि पनि दिवस मनाउने गरिएको हो ।’ दिवस मनाउन गाउँगाउँबाट युवायुवतीहरु परम्परागत पोसाकमा सजिएर आएका थिए ।


मगर दिवसकै असरमा बागलुङमा तीन दिनदेखि महिला तथा पुरुष भलिबल प्रतियोगिता पनि संचालन भएको छ । पालिकास्तरीय संचालित प्रतियोगितामा पुरुष तर्फ १५ र महिला तर्फ ६ टिमले भाग लिएका छन् ।


प्रकाशित : फाल्गुन १५, २०७८ १२:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×