पलले भने- म आजै प्रहरी सामु उपस्थित हुन्छु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पलले भने- म आजै प्रहरी सामु उपस्थित हुन्छु

कान्तिपुर संवाददाता

काठमाडौँ — जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) आज प्रहरी सामु उपस्थित हुने भएका छन् । फेसबुकमार्फत अभिनेता शाहले आफ्नो स्वास्थ्य बिग्रिएको र घर व्यवहार मिलाउनु परेकाले केहि ढिला भएको भन्दै आज आफैं प्रहरी सामु उपस्थित हुने बताएका हुन् ।

उनले लेखेका छन्‚ ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।’

अभिनेता शाहले नेपालको कानुनलाई सम्मान गर्दै आइतबार नेपाल प्रहरीसामु आफैं उपस्थित हुने बताएका हुन् ।

१७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

प्रकाशित : फाल्गुन १५, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्

घट्न थाल्यो सुन, एकै दिन १४ सय सस्तियो

कान्तिपुर संवाददाता

काठमाडौँ — एक लाख रुपैयाँनजिक पुगेको सुनको मूल्य घट्न थालेको छ । बिहीबार प्रतितोला ९९ हजार रुपैयाँ रहेको सुन शुक्रबार १ हजार घटेको थियो । आइतबार १ हजार ४ सय घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही कमी आएकाले नेपालमा पनि घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । रुस र युक्रेनको द्वन्द्वलाई लिएर अमेरिकासाग रुसको विवाद चर्किने त्रासले सुनको मूल्य बढेको थियो । रुसबिरुद्ध अमेरिकाले कडा कदम नचाल्ने अनुमानका बीच अहिले सुनको मूल्यमा कमी आएको हो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १३३५ रुपैयाँ रहेको चाँदी आइतबार १२९५ रुपैयाँ कायम भएको छ ।


प्रकाशित : फाल्गुन १५, २०७८ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×