१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दाहाल र नेपालबीच सिंहदरबारमा छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका छन् । एमसीसी र समसामयिक राजनीतिक विषयमा छलफलका लागि दुई नेता सिंहदरबारमा छलफलमा बसेका हुन् ।

दाहाल र नेपालबीच सिंहदरबारमा छलफल

धनगढीमा रहेका नेपाल दाहालकै आग्रहमा शुक्रबार बिहान काठमाडौं आएका हुन् । काठमाडौं आउनेबित्तिकै उनले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि पार्टीको आन्तरिक बैठकपछि नेपालले दाहाललाई भेटेका हुन् ।

अध्यक्ष नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको बताएका छन् ।

शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई बर्खास्त गर्नुपर्ने सर्त राखेकोमा दुःख व्यक्त गरे । उनले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरु नसच्याएसम्म आफूहरु विपक्षमा रहने स्पष्ट पारेको पनि बताए ।

प्रकाशित : फाल्गुन १३, २०७८ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?