कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

थप ३१८ मा कोरोना संक्रमण पुष्टि, ५६२ जना डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट ७ हजार ७४३ जनामा गरिएको परीक्षणमा ३१८ जनामा संक्रमण देखिएको बिहीबार जनाएको हो ।

थप ३१८ मा कोरोना संक्रमण पुष्टि, ५६२ जना डिस्चार्ज

पीसीआर विधिबाट ५ हजार ५०८ जनामा परीक्षण गर्दा १५१ जना र एन्टिजेन विधिबाट २ हजार २३५ जनामा परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टायता निको हुनेको संख्या ५६२ रहेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ रहेको छ । २४ घण्टामा १ लाख १५ हजार ४०६ जनाले खोप लगाएका छन् ।


प्रकाशित : फाल्गुन १२, २०७८ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?