कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अब जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण हुने 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अब जिका, चिकनगुनिया र डेंगु भाइरसको पनि परीक्षण सुरु गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अब जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण हुने 

कोरोनाको मात्र पीसीआर परीक्षण हुँदै आएकोमा प्रयोगशालाले यही मंगलबारबाट यी ३ वटै संक्रामक रोगको परीक्षण सुरु भएको जनाएको हो ।

प्रयोगशालाकी निर्देशक डा‍. रुणा झाले जनस्वास्थ्य प्रयोजनका लागि उक्त परीक्षण हाललाई निःशुल्क रुपमा गरिने जानकारी गराइन् ।

नेपालमा चिकनगुनिया र डेंगु भाइरस भेटिए पनि जिका भाइरस भने भेटिएको छैन ।

प्रकाशित : फाल्गुन १२, २०७८ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?