कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जसपाले बोलायो कार्यकारिणी बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ जनता समाजवादी पार्टीले एमसीसीबारे आधिकारिक धारणा तय गर्नका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपाले बोलायो कार्यकारिणी बैठक

संसद्मा एमसीसी टेबुल भइसकेको र मत विभाजनका क्रममा पक्ष वा विपक्षमा लाग्नुपर्ने भएपछि पार्टीको आधिकारीक धारणा तय गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

कार्यकारिणी समिति सदस्य प्रमोद साहका अनुसार अध्यक्ष उपेन्द्र यादवले शुक्रबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन् । बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा बस्नेछ ।

केन्द्रीय कार्यकारिणी समितिमा मुख्यगरी एमसीसीमा पार्टीको धारणा के हुने भन्ने रहेको बताइएको छ । त्यसका अलवा विधान अधिवेशनको मिति तोक्ने, सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा, गठबन्धनमा पार्टीको भूमिकाको समीक्षा र भाबी रणनीति तथा स्थानीय निर्वाचनको तयारीबारे छलफल हुने भनिएको छ ।

पछिल्लो समय संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पक्षले पार्टीबारे सार्वजनिक रूपमा दिँदै आएका अभिव्यक्तिबारे पनि केन्द्रीय कार्यकारिणी समितिमा छलफल हुने अध्यक्ष यादव निकट स्रोतले जानकारी दियो ।

प्रकाशित : फाल्गुन ११, २०७८ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?