कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एमसीसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ : पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका  नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन (एमसीसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताएका छन् ।

एमसीसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ : पौडेल

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसीसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहेका उनले एमसीसीबारे अब वास्तविक रुपमा सदनमा छलफल हुने प्रतिक्रिया दिएका हुन् ।पूर्वसभामुखसमेत रहेका पौडेलले भने, 'एमसीसीबारे बाहिर सडकमा अफवाह र हल्ला मात्र फैलिएको छ, यो विषय संसद्मा प्रवेश पाएको छ, त्यसैले राष्ट्रको ध्यान संसद्तर्फ केद्रित भएको छ ।'

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग सोमबार भएको छलफलपछि सञ्चारकर्मीसँग पौडेलले जटिल रुपमा आइरहेको एमसट्ठसी र देशको परिस्थितिबारे विभिन्न कोणबाट छलफल गरेको बताए ।

नेता पौडेलले भने, 'एमसीसीका विषयमा कुरा गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र विकासको अवस्था के हुन्छ भन्ने पाटोबाट गहनसँग राम्रै कुरा गरेका छौँ । सैद्धान्तिकरुपमा हाम्रो बीचमा मतभेद केही देखिएन तर केही प्राविधिक विषय पनि छन् ।'

देशसँग जोडिएको महत्वपूर्ण विषय एमसीसीबारे संसद्‍मा प्रतिनिधित्वमा रहेका राजनीतिक दलका सबै नेतासँग आफूले कुराकानी अघि बढाएको बताउदै उनले भने, 'हाम्रो पुस्ता असफल पुस्तामा परिणत भई मुलुक सङ्कटतर्फ जाने हो कि भन्ने चिन्ता भएर नेतालाई भेटेको हुँ । देश सङ्कटतर्फ नजाओस् भन्नेमै मेरो चिन्ता छ ।'

अमेरिकाले नेपालको गरिबी अन्त्य गर्न तथा यहाँ उत्पादित विद्युत् बाह्य मुलुकमा निर्यातका लागि प्रसारण लाइन बनाइदिने प्रयोजनका लागि उपलब्ध गराउन लागेको सहयोगले मुलुकको आम्दानी बढ्ने, गरिबी हटाउन मद्दत पुग्ने एवं जनताले सुविधा प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित : फाल्गुन ९, २०७८ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?