कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाघको आक्रमणबाट मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–६ गुलरीका ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट शनिबार मृ‌त्यु भएको हो ।

बाघको आक्रमणबाट मृत्यु

वडाध्यक्ष जनकबहादुर थारुका अनुसार ढलहियाको जंगलमा चलाउनेलाई बाघले आक्रमण गरेको थियो । चलाउनेको शव जंगलमा फेला परेको थियो ।

यसअघि पनि वडा नम्बर–६ कै २९ वर्षीया चाँदनी थारु र राप्तीसोनारी–४ पर्सोना निवासी ५३ वर्षीया लिला विष्टलाई बाघले आक्रमण गरी मारेको थियो ।

त्यसपछि प्राविधिक टोलीले एक हप्तासम्म बाघलाई नियन्त्रणमा लिन सकेको थिएन । चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट जिल्लामा ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७८ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?