कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एमसीसी पास भए देश गृहयुद्धमा जान्छ : गजुरेल

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी पास भए देश गृहयुद्धमा जानसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

एमसीसी पास भए देश गृहयुद्धमा जान्छ : गजुरेल

शुक्रबार एमसीसीको विपक्षमा रहेका विभिन्न पार्टी तथा संगठनहरूले काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा अध्यक्ष गुजरेलले यस्तो खतरा औंल्याएका हुन् ।

उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर एमसीसी पास गराउने षड्यन्त्रमा लागिरहेको आरोप समेत लगाए ।

तर एमसीसी पास भएमा देशमा विकराल अवस्था सिर्जना हुने उनको दाबी थियो । अध्यक्ष गजुरेलले भने, ‘अहिलेको अवस्था के छ भने एमसीसीलाई जसरी पनि टेबल गर्ने र एमालेसँग मिलेर नेपाली कांग्रेसले त्यसलाई पारित गर्ने र लागू गर्ने योजनामा छ । यदी एमसीसी सम्झौता खारेज गरिएन भने त्यसको परिणाम के हुन्छ भन्ने कुरा शासक वर्गले सोचिसकेका छैनन् । उनीहरूले लाखौँ जनता सडकमा किन उत्रिए भन्ने कुरा सोच्न सकिरहेका छैनन् । यसको विरुद्धमा जनताको जुन अभिमत छ त्यसलाई कुल्चिन खोजियो भने त्यसमा अब अर्को विकराल स्थिति पैदा हुनेवाला छ । देशमा अहिले दुई वटा सम्भावना छन् । एउटा डरलाग्दो अवस्थातिर देश जान सक्छ । अर्को सम्भावना के छ भने अब यहाँ राष्ट्रिय युद्ध हुन्छ ।'

एमसीसीलाई ५० करोड अमेरिकी डलरको रुपमा मात्रै बुझ्न नहुने पनि उनको तर्क थियो । 'विषय ५० करोडको मात्रै होइन । नेपालमा राष्ट्रिय युद्ध भयो भने त्यसलाई पैसाले रोक्न सकिन्छ ? सकिँदैन,' उनले भने ।

यस्तै उनले अमेरिकाले प्रोयोजित रुपमा एमसीसी पास गर्न दबाब दिइरहेको समेत आरोप लगाए । साथै देशलाई संकटबाट बचाउन नयाँ तरिकाबाट अघि बढ्नुपर्ने उनको सुझाव थियो । लाखौं जनता एमसीसी सम्झौता खोरेजीको पक्षमा रहेको दाबी गर्दै उनले संकटबाट निकास दिनुपर्ने बताए ।

प्रकाशित : फाल्गुन ६, २०७८ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?