जबरालाई लगाइएको महाअभियोग व्यक्तिगत मात्रै होइन : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको संसदीय दलको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाएको महाअभियोगलाई व्यक्तिगत आक्रमणको रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । 

जबरालाई लगाइएको महाअभियोग व्यक्तिगत मात्रै होइन : ओली

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले राम्रो काम नगरेको भएपनि महाअभियोगको विषयमा सडक, सदन, अदालत सबैतिरबाट प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

'यसलाई व्यक्ति विशेषलाई गरेको आक्रमणको रुपमा मात्रै नबुझेर चोलेन्द्रशमशेर जबराले राम्रो गर्नु भएको छ वा उहाँ प्रति सकारात्मक भएर उहाँलाई बोकेर हिँड्नु पर्छ वा उहाँलाई जोगाउनु पर्छ भन्ने मनसाय एमालेको छैन । उहाँको अनगिन्ती कमजोरी देखिएका छन् । उहाँ प्रति थुप्रै चार्जहरु लागेका छन् । उहाँप्रति आलोचना पनि छ । एमालेको आलोचना पनि थियो रहँदै पनि आएको छ । परमादेश गराउने नेतृत्व उहाँले नै गराउनु भएको हो । त्यहीदेखि अदालत बिथोलिएको हो,' अध्यक्ष ओलीको भनाइ उद्धृद्ध गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भने 'जुन समयमा यो महाअभियोग आयो, जसरी आयो जे नियतले आयो । त्यो अदालतलाई निरन्तर गिजोलिरहेन, अस्थिर बनाउने, निर्वाचन सार्ने, तेस्रो कुरा एमसीसी पास गर्ने यो गलत उद्देश्यका साथ आएको छ त्यसकारण यसलाई प्रतिवाद गर्नुपर्छ । त्यो प्रतिवाद आवश्यक पर्दा सडकबाट, आवश्यक पर्दा न्यायालयबाट, कानुनी क्षेत्रबाट प्रतिवाद गर्ने मनसायका साथ छ ।'

प्रकाशित : फाल्गुन २, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?