२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग स्थानीय चुनाव सार्ने षड्यन्त्र : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताएका छन् ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग स्थानीय चुनाव सार्ने षड्यन्त्र : ओली

नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले महाअभियोग प्रस्ताव गलत भएको बताएका छन् । ‘यो सबै (महाअभियोग) गलत छ । सत्तापक्ष र प्रतिपक्षी दलबीच औपचारिक बैठक बसेर एक प्रकारको निर्णय गरेको थियो तर त्यसको एक सातापछि यस्तो काम(महाअभियोग) गर्‍यो’ नेता ओलीलाई उद्धृत गर्दै सांसद नवीना लामाले भनिन् ।

यस्तै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन ५ दलविरुद्ध एमाले एक हुने पनि बताएका थिए । 'यो सबै गतिविधि स्थानीय निर्वाचन समयमा नगराउने षड्यन्त्र पनि हो,’ उनले भनेका थिए ।

यस्तै एमसीसीसहितको विषयमा एमालेलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गर्न गठबन्धनले काम गरिहेको पनि अध्यक्ष ओलीको आरोप छ । साथै सरकारको गतिविधिविरुद्ध एमालेले जन संघर्ष गर्ने बताइएको छ । तर यसबारे विस्तृतमा ब्रिफिङ आइनसकेको नेता लामाले बताइन् ।

प्रकाशित : फाल्गुन २, २०७८ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?