

काठमाडौँ — पछिल्लो २४ घण्टामा १० हजार ११५ परीक्षणमा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ७८ परीक्षणमा ९४ जनामा पोजिटिभ देखिएको हो ।



२४ घण्टामा १० संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ । सोही अवधिमा ३ हजार ९३५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
आइतबारसम्म सक्रीय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ । २४ घण्टामा ५६ हजार १२ जनाले खोप लगाएका छन् ।