एमालेले बोलायो संसदीय दलको बैठक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेले बोलायो संसदीय दलको बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्याधीस चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले सोमबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।

स्थानीय तहको चुनावको सम्बन्धि प्रशिक्षण सुरु गरेपछि एमालेका धेरै सांसद राजधानी बाहिर छन् । गम्भीर विषयमा आएकाले यसबारे छलफल गर्नका लागि बैठक बोलाइएको एमाले स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जानकारी दिए । एमालेले आइतबार बेलुकासम्म सबै स‌ा‌ंसदहरुलाई काठमाडौं फर्किन निर्देशन दिएको छ ।

प्रकाशित : फाल्गुन १, २०७८ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्

सभामुखले बाेलाए सर्वदलीय बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुखले सोमबार दुई बजेका लागि संसद् सचिवालयमा सर्वदलीय बैठक बाेलाएकाे सभामुखका प्रेस विज्ञ श्रीधर न्याैपानेले जानकारी दिए । 'संसद्काे अवराेध र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभामुखले सर्वदलीय बैठक बाेलाउनु भएको हाे,' न्यौपानेले भने ।

प्रकाशित : फाल्गुन १, २०७८ १३:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×