सोमबारका लागि बोलाइएको संसद् बैठक स्थगित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोमबारका लागि बोलाइएको संसद् बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन २ गते सोमबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ । आइतबार विज्ञप्ति जारी गर्दै संसद्‍ सचिवालयले फागुन २ गते बोलाइएको बैठक फागुन ४ गतेका लागि सारिएको जनाएको हो ।

अब प्रतिनिधि सभाको बैठक फागुन ४ गते बुधबार दिउँसो १ बजे बस्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

'मिति २०७८ साल फागुन २ गते सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली‚ २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन ४ गते बुधबार दिनको १ बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' संघीय संसद्‍का महासचिव भरतराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि बसेका संसद्‍ बैठक भने प्रतिपक्षी दल नेकपा एमालेका सांसद्‍हरूले अवरोध गर्दैआएका थिए । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै एमालेले संसद्‍ बैठक अवरोध गर्दैआएको छ ।

No description available.

प्रकाशित : फाल्गुन १, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्

यस्तो छ प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव [पूर्णपाठ]

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार २१ बुँदे अभियोग प्रस्ताव दर्ता गराएका छन् ।

अभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।

उनीहरूले प्रधानन्यायाधीशविरुद्ध लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएका छन् ।

त्यस्तै, प्रधानन्यायाधीशले सर्वोच्च अदालत र न्यायालयभित्रै निजको कार्यकालमा अतिशय विकृति/विसंगति तथा भ्रष्टाचार तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाएका छन् ।

यस्तो छ महाअभियोगको पूर्णपाठ :

प्रकाशित : फाल्गुन १, २०७८ १२:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×