१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
कोरोना भाइरस

नेपालमा एकै दिन १२ संक्रमितको मृत्यु

काठमाडौँ — नेपालमा एकै दिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ । 

नेपालमा एकै दिन १२ संक्रमितको मृत्यु

यस्तै २४ घण्टामा गरिएको ११ हजार ८८० परीक्षणमा १ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार २३८ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

बिहीबारसम्म सक्रीय संक्रमितको संख्या २९ हजार ४ रहेको छ । २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले खोप लगाएका छन् ।

प्रकाशित : माघ २७, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?