कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धर्नामा लोकसेवाका परीक्षार्थी

काठमाडौँ — २०७६ सालमा विज्ञापन भएको लोकसेवा आयोगको परीक्षा र अन्तर्वार्ताका सहभागीहरुले आफूहरुको नतिजा आउनुपर्ने भन्दै प्रदर्शन गरेका छन् ।

धर्नामा लोकसेवाका परीक्षार्थी

बिहीबार उनीहरुले विभिन्न नारा अंकित प्लेकार्डसहित कमलपोखरीमा रहेको लोकसेवा आयोग कार्यालय अगाडि धर्ना दिएका हुन् ।

आयोगले २०७६ मंसिरमा खुलाएको शाखा अधिकृतको विज्ञापनअन्तर्गत २०७८ भदौ ८ मा सबै चरणका परीक्षा सम्पन्न भइसकेका छन् । अन्तिम योग्यता सूची प्रकाशन हुन बाँकी रहेको अवस्थामा अदालतको अन्तरिम आदेशको अपव्याख्यासहित नतिजा स्थगन गर्दा आफूहरूलाई मर्का परेको परीक्षार्थीहरूले जनाएका छन् ।

कर्मचारी समायोजन ऐन कार्यान्वयमा भएको लापरबाही र त्रुटिले समस्या बढ्दै गएपछि शाखा अधिकृत र नायब सुब्बाका परीक्षार्थीले आफूहरु तनावमा रहेको बताएका छन् ।

प्रकाशित : माघ २७, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?