२४ घण्टामा १ हजार ९५७ मा कोरोना पुष्टि, ५ हजार १०३ संक्रमणमुक्त, ११ जनाको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा १ हजार ९५७ मा कोरोना पुष्टि, ५ हजार १०३ संक्रमणमुक्त, ११ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ६९२ नमूनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

पीसीआर विधिबाट गरिएको ८ हजरा ५८७ परीक्षणमा १ हजार १८४ र ४ हजार १०५ एन्टिजेन विधिबाट भएको परीक्षणमा ७७३ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने ५ हजार १०३ रहेको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ ।

२४ घण्टामा ११ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ । २४ घण्टामा २ लाख ७३ हजार ३४९ जनाले खोप लगाएका छन् ।



प्रकाशित : माघ २५, २०७८ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्

समाजसेवी पुनको निधन

अमृता अनमोल

बुटवल — विपन्नको शिक्षा र व्यवस्थापनमा सघाउँदै आएका समाजसेवी खेम पुनको निधन भएको छ । खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक संरक्षक ६० वर्षीय पुनको मष्तिकघातका कारण मंगलबार मृत्यु भएको हो ।

प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले पुनको उपचारका क्रममा काठमाडौंको ग्रिनसिटी अस्पतालमा मृत्यु भएको बताए । सोमबार हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पुर्‍याएका उनलाई मंगलबार मध्यान्ह १२ बजे अस्पतालले मृत घोषणा गरेको थियो । पुन शनिबार विशेष बैठकका लागि विराटनगर पुगेका थिए । बैठककै क्रममा असहज लागरे बाहिरिएका उनी बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

गुल्मीको भार्सेमा जन्मेर बुटवलमा औषधि व्यवसाय गर्ने पुन र उनकी पत्नी ओमीकलाले आत्मशान्ति र पुण्यका लागि भन्दै आफ्नो कमाइको एक चौथाइ रकम जम्मा गरेर खेमओमी पुन कल्याणकारी प्रतिष्ठान स्थापना गरेका थिए ।

खेमको ५१ औं जन्मदिनको अवसरमा २०७० देखि स्थापित प्रतिष्ठानमा हाल एक करोड रकम छ । त्यसको ब्याजबाट २६ जनाले छात्रवृत्तिमा एमबीबीएस र इन्जिनियरिङ पढ्दैछन् । कोषबाट उनीहरुको पढाइमा मात्रै ४५ लाख रुपैयाँ खर्च भएको छ । पढाइमा तेज भए पनि आर्थिक अभावले समस्या भएका विद्यार्थीहरु छात्रवृत्तिका कारण पढ्न पाउँदा लक्ष्यमा पुग्न नसकेकालाई उनले कोषमार्फत छात्रवृत्ति दिने गरेका थिए ।

खेमले छोराको विहेमा हुने खर्च जोगाएर १० लाखको राजु सरिता पुन भोजन सहयोग कोष खोलेर विपन्नलाई खाद्यान्न सहयोग दिएका थिए । बाबु मनबहादुर र आमा गौरीका नामबाट ७ लाखको मनगौरी पुन शैक्षिक अक्षय कोष खोलेका थिए। त्यसबाट वर्षेनी विपन्न विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री दिइन्छ ।

हजुरआमा कला पुनको स्मृतिमा २ लाख रुपैयाँ दिएर कलापुन महिला समूह बनाएका थिए । समूहमार्फत बीउ पुँजी दिएर महिलाहरुलाई आयआर्जनमा लगाएका थिए । रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र, शवदाह गृह, ध्यान योगकेन्द्र बनाउनेदेखि सामाजिक भवन बनाउन उनले रकम खर्चेका थिए ।

प्रकाशित : माघ २५, २०७८ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×