सरकारले सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सीमासम्बन्धी समस्याहरू आवश्यक कूटनीतिक पहलबाट समाधान गर्ने बताएका छन् । उनले सीमा क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकार सधैं प्रयत्नशील रहेको बताए ।

सरकारले सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्छ : सञ्चारमन्त्री कार्की

‘हामी सीमा समस्याबारे सचेत छौं, चाहे भारतसँग होस् वा चीनसँग होस् । कुनै पनि समस्या छन् भने ती समस्या कूटनीतिक ढंगले समाधान गर्न सरकार तयार छ,’ उनले भने, ‘त्यस्ता समस्या समाधानका लागि सरकार सधैं प्रयत्नशील छ ।’

मन्त्री कार्कीले त्यस्ता समस्याहरूका बारेमा आफ्नै संयन्त्रमार्फत अध्ययन र समाधान गर्ने गरेको स्पष्ट पारे । ‘कसले, के रिपोर्ट दियो भनेर सरकारले त्यसको आधारमा होइन, उपयुक्त समयमा वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ,’ मन्त्री कार्कीले भने ।

प्रकाशित : माघ २५, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?