स्याङ्जामा साढे ७ किलो गाँजासहित युवा पक्राउ

कास्की — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ का २३ वर्षीय पवन जिसी गाँजासहित पक्राउ परेका छन् । ७ किलो ५ सय ग्राम गाँजासहित उनलाई प्रहरीले बिहीबार आफ्नै गाउँबाट पक्राउ गरेको हो । 

अर्जुनचौपारीको बर्षाभन्ज्याङ माझपाटास्थित सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिसीले आफ्नै घरमा ४ वटा बोरामा लुकाइछिपाई राखेको सुकेको गाँजासमेत बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार जिसीलाई बिहीबार जिल्ला अदातलबाट लागूऔषध गाँजासम्बन्धी कसुर मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ ।

प्रकाशित : माघ २१, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?