कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘दूषित पानीका कारण बढ्यो फोक्सोको रोग’

काठमाडौँ — फोक्सोका रोगीको संख्या बढ्नुको प्रमुख कारणमध्ये पानी पनि एक भएको अध्ययनले देखाएको छ । पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका विद्यार्थी समूहले काठमाडौं उपत्यकाको खानेपानीको अध्ययन तथा परीक्षण गर्दा उक्त तथ्य पत्ता लगाएको हो । 

‘दूषित पानीका कारण बढ्यो फोक्सोको रोग’

‘प्रत्येक वर्ष फोक्सोका रोगीको संख्या बढ्नुको प्रमुख कारण पानी एउटा हो र त्यसमा बढी मात्राको ‘डिसल्भ्ड एमोनिया’ पनि रहेको छ,’ विद्यार्थी समूहले खानेपानी मन्त्री उमाकान्त चौधरीलाई बुझाएको प्रतिवेदनमा छ, ‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको १ दशमलब ५ मिलिग्राम प्रतिलिटरभन्दा बढी मात्रामा करिब २ देखि ३ मिलिग्राम प्रतिलिटर डिसल्भ्ड एमोनिया, पानीमा घुलित एमोनिया पाइएको छ ।’

विद्यार्थीले केमिकल इन्जिनियरिङ विभाग प्रमुख प्रा.डा. रामकुमार शर्मा र प्राध्यापक हेमराज पन्तको सुपरीवेक्षणमा अध्ययन तथा परीक्षण गरेका हुन् । अध्ययन तथा परीक्षणमा विद्यार्थी अनिश अधिकारी, एलिना लामिछाने, आयुस पन्थी र अमृत खनाल संलग्न थिए ।

उनीहरूले उपत्यकाको आठ ठाउँको खानेपानीको स्रोतबाट नमूना संकलन गरी गुणस्तरका १५ ओटा मापकको परीक्षण गरेका थिए । उनीहरूले संकलित नमूनालाई पुल्चोक क्याम्पसको एप्लाइड साइन्स तथा केमिकल इन्जिनियरिङ विभागको रिसर्च ल्याबमा परीक्षण गरेका हुन् ।

‘अब छिट्टै काठमाडौं उपत्यकाका प्राचीन महत्त्वका ढुङ्गेधाराहरूको अध्ययन गर्नेछौं,’ विद्यार्थी अनिश अधिकारीले भने ।

विद्यार्थी समूहले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यन्वयन निर्देशिका, २०६२ लाई परिमार्जन गर्न सुझाएका छन् । त्यसैगरी गुणस्तर मापन लगायतका ठाउँमा दक्ष केमिकल इन्जिनियरहरूको परिचालन गर्न भनेका छन् ।

खानेपानीमन्त्री उमाकान्त चौधरीलाई पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका विद्यार्थी समूहले काठमाडौं उपत्यकाको खानेपानीको अध्ययन तथा परीक्षण प्रतिवेदन बुझाएपछि विद्यार्थी समूह ।

प्रकाशित : माघ १९, २०७८ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?