कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

देउवासँग असन्तुष्टि पोख्दै जनजाति संघका सभापतिले दिए राजीनामा

काठमाडौँ — कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरूङले पदबाट राजीनामा दिएका छन् । संघको विधान संशोधन, अधिवेशनमा ढिलासुस्ती लगायत विषयमा असन्तुष्टि जनाउँदै गुरुङले राजीनामा दिएका हुन् । गुरुङले सभापति देउवासमक्ष आफ्नो राजीनामा पत्र बुझाएको बताए । 

देउवासँग असन्तुष्टि पोख्दै जनजाति संघका सभापतिले दिए राजीनामा

संघको पुरानो विधान संशोधन गरेर संघीय संरचनाअनुसार संस्थालाई परिवर्तन गर्न ०७४ फागुन २७ मा संशोधित विधानको कपी बुझाए पनि पार्टीले त्यसलाई अहिलेसम्म पनि स्वीकृति नदिएको उनको गुनासो छ ।

त्यस्तै, कांग्रेस गुट, उपुगुटमा लागेको र गठबन्धनका नाममा विभिन्न पार्टीका चुनाव चिह्नमा मतदान गर्नुपरेको भन्दै उनले संघको सभापति र पार्टीको क्रियाशील सदस्यताबाट समेत राजीनामा दिएको बताएका छन् ।

उनले माघ ११ मा राजीनामा दिएका थिए । १४ औँ महाधिवेशनमा भातृ संस्थाहरूले पाउने महाधिवेशन प्रतिनिधि पनि नपाएको उनको उनको गुनासो छ ।

प्रकाशित : माघ १६, २०७८ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?