कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२४ घण्टामा ४ हजार ९०४ मा कोरोना पुष्टि, ५ हजार ९२४ संक्रमणमुक्त 

काठमाडौँ — नेपालमा ४ हजार ९०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ परीक्षण हुँदा ४ हजार ९०४ जना संक्रमित थपिएको शनिबार जानकारी दिएको हो ।

२४ घण्टामा ४ हजार ९०४ मा कोरोना पुष्टि, ५ हजार ९२४ संक्रमणमुक्त 

१० हजार १०१ पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ मा संक्रमण पुष्टि भएको र ४ हजार ४६१ मा एन्टिजेन परीक्षण हुँदा १ हजार ५८६ मा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने ५ हजार ९२४ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । योसँगै हालसम्म ८ लाख ४८ हजार ३६० जना निको भएका छन् ।

२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।

२४ घण्टामा २ लाख ७२ हजार ७४८ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय संक्रमितको संख्या भने ८७ हजार ३२९ पुगेको छ ।

प्रकाशित : माघ १५, २०७८ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?