कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

प्रतिनिधिसभा बैठक आइतबार १ बजे बस्ने

काठमाडौँ — प्रतिनिधिसभाको बैठक आइतबार १ बजेका लागि बोलाइएको छ । त्यसअघि बैठकका कार्यसूचीबारे छलफल गर्नका लागि ११ बजेपछि कार्यव्यवस्था पनि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठक आइतबार १ बजे बस्ने

आइतबारको बैठकको सम्भावित कार्यसूचीमा सहिदहरूप्रति श्रदाञ्जली, थारु आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र पूर्वसांसद जगतबहादुर ताजपुरियाको निधनमा श्रदाञ्जली अर्पण गर्ने रहेका छन् ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष एमालेले निरन्तर अवरोध गर्दै आएको छ । यसअघि प्रतिनिधिसभाको बैठक पुस ७ गते बसेको थियो । यसबीचमा कोरोना संक्रमणका कारण बैठक स्थगित गरिएको थियो ।


प्रकाशित : माघ १५, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?