३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अब एमाले र कांग्रेसमात्रै अस्तित्वमा रहन्छन् : रायमाझी

वीरेन्द्र केसी

अर्घाखाँची — नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीले मुलुकको राजनीतिक नेतृत्वमा कांग्रेस र एमालेमात्रै अस्तित्वमा रहने बताएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पार्टी खुद्रा पसल भएकाले तिनीहरु धेरै दिन टिक्न नसक्ने उनको भनाइ थियो । 

अब एमाले र कांग्रेसमात्रै अस्तित्वमा रहन्छन् : रायमाझी

‘कम्युनिष्ट पार्टीको मूल नेतृत्व केपी शर्मा ओली नेतृत्वको एमाले नै हो,’ भूमिकास्थान नगरपालिकाको धारापानीमा शनिबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले भने, ‘कम्युनिष्टको नेतृत्व एमाले र लोकतान्त्रिक पार्टीको नेतृत्व कांग्रेसमात्रै हुन्छ, अब अरु खुद्रा पसले पार्टीको काम छैन ।’

उनले आफू केपी ओलीको सहयोगी भएको बताए । दाहाल अहिले राजनीतिक बिचलनमा भएको उनको टिप्पणी छ । उनले एमालेविरुद्ध भएको ५ दलीय गठबन्धनले समयमै चुनावको मिति घोषणा नगरेर संविधानविपरीत जान खोजेको बताए । ‘गठबन्धन सत्ताधारीहरुले हार स्वीकार गरिसके, चुनाव गर्न एमालेसँग डराएर अनेक बाहना बनाएर स्थानीय तहको निर्वाचनलाई पर धकेल्न खोजेका छन्,’ रायमाझीले भने, ‘अब एमालेले नै देश रुपान्तरण गर्छ, देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ ।’ उनले आउने सबै चुनावमा एमालेले जित्ने र गाउँको विकास निर्माणका कामलाई अगाडि बढाइने बताए ।

धारापानीमा राष्ट्रिय जनमोर्चाका युवा नेता माधव बञ्जाडेको नेतृत्वमा माओवादी केन्द्रसहित ५२ जना स्थानीय कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिव तोजबहादुर रायमाझीले बताए ।

प्रकाशित : माघ १५, २०७८ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?