१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

उमाशंकर रायभरलाई २५ हजार धरौटीमा छोड्न सर्वोच्चको आदेश, आइतबार छुट्ने

तुफान न्यौपाने

काठमाडौँ — सर्वोच्च अदालतले बाराका उमाशंकर रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पाटन उच्च अदालतले गत वर्षको फागुन १९ गते ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर नख्खु कारागारमा रहेका रायभरलाई २५ हजार धरौटीमा छाड्न सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले आदेश दिएको हो । 

उमाशंकर रायभरलाई २५ हजार धरौटीमा छोड्न सर्वोच्चको आदेश, आइतबार छुट्ने

सर्लाहीका सरोजकुमार मिश्रले जागिर लगाइदिने प्रलोभनमा उमाशंकरको नागरिकता लिई हस्ताक्षर र ल्याप्चेसमेत दुरुपयोग गरेर विभिन्न कम्पनी खोलेका थिए । ती कम्पनीहरूबाट करिब १ अर्ब ४ करोड रुपैयाँ राजश्व ठगी गरेको भन्दै मिश्रसहित १७ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा चलाइएको थियो । त्यसमध्ये रायभरमाथि २८ करोड रुपैयाँ ठगी गरेको अभियोग थियो ।

सर्वोच्च अदालतले कसुरमा रायभरको भूमिका, त्यहाँबाट उनले लाभ नलिएको अवस्था र उनको पारिवारिक स्थितिलाई समेत विचार गरी २५ हजार रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो । रायभरका काका रुपनारायण रायभरले आइतबार धरौटी जम्मा गरेपछि उमाशंकर जेलमुक्त हुनेछन् ।

सर्वोच्च अदालतमा रायभरको पक्षबाट अधिवक्ता राधिका खतिवडा, टीकाराम भट्टराई, सुनिल पोखरेल, जनार्दन बन्जाडे र अञ्जना अर्यालले निशुल्क रुपमा बहस गरेका थिए ।

रायभरलाई उच्च अदालत पाटनका न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमको इजलासले ७५ लाख नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक जमानत लिई तारिखमा राख्नू भन्ने आदेश गरेको थियो । जमानत बुझाउन नसकेपछि रायभर जेल चलान भएका थिए ।

सर्वोच्चको आदेशः


सम्बन्धित समाचारः

प्रकाशित : माघ १४, २०७८ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?