१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बेलायतको राजदूतमा आचार्य नियुक्त

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् । 

बेलायतको राजदूतमा आचार्य नियुक्त

राष्ट्रपतिले शुक्रबार उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आचार्यको नाम संसदीय सुनुवाइ समितिबाट मंसिर २० गते अनुमोदन भएको थियो । कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित भारतका लागि शंकर शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई संसदीय सुनुवाइका लागि सिफारिस गरेको थियो ।

संसदीय समितिबाट अनुमोदन भएसँगै तीन राजदूतको एग्रिमो (अनुमति पत्र) को लागि सम्बन्धित मुलुकलाई पत्राचार गरिएको थियो । पत्राचार गरिएकोमा बेलायतबाट मात्र हालसम्म स्वीकृति प्राप्त भएको छ । अमेरिका र भारतबाट एग्रिमो आइसकेको छैन । त्यसैले बेलायतका लागि राजदुत आचार्यलाई राजदूतमा नियुक्त गरिएको हो ।

सरकारले चीनसहित अन्य २० विदेशी नियोगमा भने राजदूत नियुक्त गरेको छैन ।

प्रकाशित : माघ १४, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?