कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा शुक्रबार दिउँसो ३ बजे बस्ने जानकारी दिएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा २०७८ माघ १४ गते दिउँसो ३ बजे बस्ने भएको छ‚’ सूचनामा भनिएको छ ।

यसअघि कांग्रेसका संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबारे बहस र छलफल गरिरहेको भन्दै बैठकको माग गरेका थिए ।

निर्वाचनको मिति र निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसमा मत विभाजित छ ।


प्रकाशित : माघ १३, २०७८ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?