१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२
कोरोना भाइरस

नेपालमा थप ८ हजार १७ संक्रमित, ५ हजार २९२ निको

काठमाडौँ — नेपालमा ८ हजार १७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २१ हजार ८०८ परीक्षण हुँदा ८ हजार १७ जना संक्रमित थपिएको बिहीबार जानकारी दिएको हो ।

नेपालमा थप ८ हजार १७ संक्रमित, ५ हजार २९२ निको

१५ हजार ७३६ पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ मा संक्रमण पुष्टि भएको र ६ हजार ७२ मा एन्टिजेन परीक्षण हुँदा २ हजार २०१ मा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने ५ हजार २९२ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । योसँगै हालसम्म ८ लाख ३७ हजार ४ जना निको भएका छन् ।

२४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

२४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय संक्रमितको संख्या भने ९० हजार ५ सय ७६ पुगेको छ ।

यसअघि शनिबार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : माघ १३, २०७८ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?