२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

काठमाडौँ — लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले बिहीबार राष्ट्रिय सभा बैठक आह्वानको सूचना जारी गरेका थिए ।

यसअघि सूचनाबाट नै बैठक आह्वान हुँदै आएको थियो भने सूचना नै जारी गरेर स्थगित हुँदै आएको थियो । माघ २ गते अनिश्चित समयका लागि राष्ट्रिय सभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो ।

यसबीचमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित केही सांसद र संघीय संसद् सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । अध्यक्ष तिमिल्सिना कोरोनामुक्त भएपछि बैठक आह्वान गरिएको हो ।

राष्ट्रिय सभा र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेको अवरोधले काम हुन सकेको छैन । एमालेले भदौयता दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित : माघ १३, २०७८ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?