कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा सदस्य निर्वाचन : प्रदेश १ मा महिलातर्फ गठबन्धनकी राई विजयी

देवनारायण साह

मोरङ — प्रदेश १ मा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार भएकी नेकपा (एकिकृत समाजवादी) की जयन्ती राई विजयी भएकी छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन : प्रदेश १ मा महिलातर्फ गठबन्धनकी राई विजयी

उनले ४ हजार ६९२ मतभार ल्याएर विजयी भएको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश भरत लम्सालले बताए । एमालेको महिलातर्फकी उम्मेदवार सुमित्रा भण्डारीले ४ हजार ३६२ र राप्रपाकी रन्जु प्याकुरेलले १२० मतभार प्राप्त गरेको उनले बताए । तीन वटा मत बदर भएको लम्सालले बताए ।

बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजेसम्पन्न भएपछि मतगणना सुरू गरिएको थियो । लम्सालका अनुसार दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद मतदानमा अनुपस्थित भएका छन् । स्थानीय तहतर्फ २७० र प्रदेश सभा सदस्य तर्फ ९१ मत खसेको लम्सालले बताए ।

अहिले अल्पसंख्यक/अपांगतर्फको मत गणना भइरहेको लम्सालले बताए । तीन सदस्यका लागि सम्पन्न निर्वाचनमा गठबन्धनबाट खुलामा कांग्रेसका गोपाल बस्नेत र अल्पसंख्यक वा अपांग कोटामा जसपाका हेमराज राई उम्मेदवार छन् ।

एमालेबाट खुलामा गुरु बराल र अल्पसंख्यकमा सोनाम ग्याल्जेन शेर्पा उम्मेद्वार छन् । राप्रपाबाट अल्पसंख्यकतर्फ अमर बिष्ट उमेदवार छन् ।

प्रकाशित : माघ १२, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?