१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४
कोरोना भाइरस

नेपालमा थपिए ८ हजार ४५४ संक्रमित, २४ घण्टामा ४ हजार ४३३ निको, ५ जनाको मृत्यु

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर विधिबाट गरिएको २० हजार ३५९ परीक्षणमा देशभर ८ हजार ४५४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा थपिए ८ हजार ४५४ संक्रमित, २४ घण्टामा ४ हजार ४३३ निको, ५ जनाको मृत्यु

१३ हजार ५४९ पीसीआर परीक्षणमा ५ हजार ५७१ र ६ हजार ८१० एन्टिजेन जाँच गर्दा २ हजार ८८३ जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टाको अवधिमा ४ हजार ४३३ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ । २४ घण्टामा २ लाख ५६ हजार ४१६ जनाले खोप लगाएका छन् ।


प्रकाशित : माघ १२, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?