१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
राष्ट्रिय सभा निर्वाचन :

मतदान सम्पन्न, गणनाको तयारी 

काठमाडौँ — राष्ट्रिय सभाका १९ सिटका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले सातवटै प्रदेशमा राष्ट्रिय सभाका लागि मतदान सम्पन्न भएको जानकारी दिएको छ । 

मतदान सम्पन्न, गणनाको तयारी 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २ हजार ७ मतदाता मतदानमा सहभागी भएको जानकारी दिएका छन् । 'सातै प्रदेश सदरमुकाममा रहेका मतदानकेन्द्रहरूमा मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ,' उनले भनेका छन्, 'यो निर्वाचनमा ९ राजनीतिक दलका ४३ जना उम्मेवदावरहरूबीच प्रतिस्पर्धा भएको थियो । सातै प्रदेशका कूल २ हजार २५ मध्ये २ हजार ७ मतदाताले मतदान गर्नुभएको छ ।'

प्रवक्ता शर्माले केही समयपछि मतगणना कार्य सुरु हुने पनि जानकारी दिएका छन् । बुधबार नै राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारीमा आयोग लागेको छ ।

प्रकाशित : माघ १२, २०७८ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?