१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एकता बलियो बनाउन एमाले सल्लाहकार परिषद्को आग्रह

रासस

काठमाडौँ — नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्ले पार्टीका विपक्षीहरूले फैलाएको भ्रम चिर्न पार्टीलाई राजनीतिक तथा वैचारिक रूपमा अझ सजग तथा सक्रिय बनाउन आग्रह गरेको छ ।

एकता बलियो बनाउन एमाले सल्लाहकार परिषद्को आग्रह

परिषद्का अध्यक्ष अमृतकुमार बोहराले मंगलबार विज्ञप्ति जारी गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्नेमा जोड दिएका हुन् ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले उक्त परिषद् गठन गरेको थियो ।

अध्यक्ष बोहराले एमालेले पार्टीलाई एकताबद्ध, गतिशील र सुदृढ बनाई सबैखाले अवसरवाद र अराजक प्रवृत्तिबाट मुक्त गर्दै खँदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्न आग्रह गरेका छन् ।

प्रकाशित : माघ ११, २०७८ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?