१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

धनकुटा प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

धनकुटा — कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले मंगलबारदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । 

धनकुटा प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

सार्वजनिक सूचना जारी गर्दै आगामी १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए ।

एक कर्मचारीको पीसीआर परीक्षण गराउँदा पोजिटिभ देखिएको र अन्य तीन कर्मचारीमा पनि लक्षण देखिएपछि कार्यालयमा तत्काल सेवा कटौती गर्नु परेको श्रेष्ठको भनाइ छ । उनका अनुसार संक्रमित र लक्षण देखिएका सबैजना होम आइसोलेसनमा छन् ।

कार्यालयले नयाँ नागरिकता/नागरिकता प्रतिलिपि/नाबालक परिचय पत्रसम्बन्धी कार्य, राहदानी वितरण, द्रुत सिफारिस तथा राहदानी प्रयोजनका लागि नागरिकता अभिलेख प्रमाणीकरण, राष्ट्रिय परिचय पत्रसम्बन्धी कार्यसमेत बन्द गरेको छ ।

यस्तै, संघ/संस्था दर्ता, नविकरण तथा संघ/संस्थासम्बन्धी अन्य कार्यहरु, पेन्सनसम्बन्धी कार्य, हातहतियार नविकरण तथा विस्फोटक पदार्थ अनुमति पत्र सम्बन्धी कार्य, अन्य प्रमाणित तथा सिफारिस लगायतका सेवासमेत बन्द गरिएको छ ।

तर, शान्ति सुरक्षासम्बन्धी कार्य, मुद्दासम्बन्धी कार्य, विपद् तथा विपद् व्यवस्थापनसम्बन्धी कार्य, अत्यावश्यक आन्तरिक प्रशासनिक कार्य भने सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित : माघ ११, २०७८ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?